भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर धामको जानकी मन्दिरमा विशेष पूजा गरेका छन् । यसका साथै जनकपुर धामका तर्फबाट उनको नागरिक अभिनन्दन भएको छ । भारतीय प्रधानमन्त्र मोदीले यही क्रममा जनकपुरको बाह्रबिघामा ठूलो जनसमुदायलाई सम्बोधन गरेका छन् । सम्बोधनअघि नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा जनकपुरको बाह्रबिघाबाट रामायण सर्किटको घोषणा गरेका छन् । उनीहरूले जनकपुरधाम र भारतको राम जन्मभूमि अयोध्यासँग सीधा बस सेवाको सुरुवात पनि गरेका थिए ।

मोदीको सम्बोधनमा सधैजस्तो मधुर र हार्दिकता प्रकट त भइनैहाल्यो उनले २०१४ मा पहिलो पटक नेपाल आएका बेला जनकपुर आउने छु भनेको थिएँ तर छिटै आउन सकिनँ, केही विलम्ब भयो भन्दै माता सीताजीकै अनुकम्पाले ढिलै भए पनि अहिले आउने अवसर मिलेकाले अत्यन्तै हर्षित भएको छु भने ।


। उनले जानकी माताको अनुकम्पाले दर्शृन गर्ने अवसर मिलेकाले धन्य महसुस गरेको पनि बताए ।
भरातीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको मित्रता विश्वका अन्य देशका सम्बन्धभन्दा फरक छ, यो अनुपम रहेको बताएका छन् । उनले नेपालको मित्रता अहिलेको मात्र होइन त्रेतायुगदेखिको हो जुन विदेह राज जनकले कहिल्यै नटुट्ने गरी बाँधिदिएका छन् । उनले नेपाल–भारतको सम्बन्ध सांस्कृतिक रुपमा बढी कसिलो छ । जस्तो लुम्बिनीमा बस्नेहरू अर्थात् बुद्ध धर्मावलम्बी बोध गया जानैपर्छ । त्यस्तै सामेश्वर बस्ने जनकपुर र पशुपति नआउने हो भने जीवन नै अधुरो हुन्छ, अन्य तीर्थ पनि नेपाल र भारतका नागरिकका आस्थाका केन्द्र हुन्, यी सांस्कृतिक रुपमा महत्वपूर्ण छन् भन्दै उनले नेपाल र भारत सांस्कृतिक रुपमा ज्यादै घनिष्ठ सम्बन्ध रहेको बताएका छन् । उनले जनकपुर भारत र नेपाल दुवै देशका आस्थाको केन्द्र भएको बताएका छन् । उनले मिथिला क्षेत्रको कला, साहित्य र नारी सशक्तीकरणको भूमि भएको पनि बताएका छन् । भारतीय प्रधानमन्त्रीले नेपाल देवभूमि भएको बताउँदै हाम्रो साझा संस्कृति जोगाउन सकेनौं भने हाम्रो अस्तित्व नै नाशिने बताएका छन् ।

भारतीय प्रधानमन्त्रीले जनकपुर धामका साथै प्रदेश २ को विकासका लागि एक अर्ब सहयोगको घोषणासमेत गरे । उनले भारत नेपाल सरकार र प्रदेश सरकारसँग मिलेर अघि बढ्ने पनि बताएका छन् । नरेन्द्र मोदीले क्षेत्रीय विकासको अवधारणा अघि सारेको पनि बताए । उनले बुद्ध सर्किट पनि सुरु गर्ने संकेत गरे भने जैन सर्किट सुरु गर्ने पनि बताएका छन् । उनले रामायण, बुद्ध र जैन सर्किटका माध्यमबाट क्षेत्रीय विकासको अवधारणाबाट अघि बढ्ने आरतको योजना रहेको संकेत गरेका छन् ।

भारतीय प्रधानमन्त्रीले नेपालको विकासमा भारतले सधै सहयोग गर्ने बताउँदै नेपालका प्रधानमन्त्री केपी ओली भ्रमणका बेला प्रतिबद्धता जनाएको कृषिको आधुनिकीकरणका लागि प्रविधिमा सहयोग गर्ने बताए । सायद भोलि दुवै देशका प्रधानमन्त्रीको वार्तामा सहमति हुनेछ । भारतीय प्रधानमन्त्री मोदीले मैथिली भाषाको सम्बर्धनका लागि पनि मिलेर काम गर्ने बताएका छान् । उनको भोलि मुक्तिनाथ र पशुपतिको दर्शन गर्ने र विभिन्न स्तरमा दुई पक्षीय वार्ता गर्ने कार्यक्रम छ । भालि नै उनी स्वदेश फर्कनेछन् ।