भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुर्इ दिने भ्रमणका लागि जनकपुर हुँदै काठमाडौं आएर शनिबार स्वदेश फिर्ता भएका छन् । यसक्रममा मोदिले जनकपुरमा जानकी मन्दिर, मुक्तिनाथ र पशुपतिनाथको दर्शन गरेका थिए ।

शुक्रकबार जनकपुर आएका मोदीले जनकपुरको जानकी मन्दिरमा पूजाआर्चाना गरेका थिए । मोदिलाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको थियो ।

मोदीको भ्रमणलार्इ लिएर नेपाल सरकार र उनको निकै आलोचना भयो । नेपाल सरकार भारतसँग लम्पसार परेको र नाकाबन्दीको समय देखि दुःखी रहेका नेपालीहरु माथि न्याय दिन नसकेको भन्दै सामाजिक सञ्जालमा निकै आलोचनाहरु भए ।

यद्यपि उनको भ्रमण सफल रहेको र नेपाल भारत सम्बन्ध अझै उचाइमा पुगेको जानकारी दुबै सरकार पक्षले दिएका छन्।


नरेन्द्र मोदीले आफूलाई तीर्थयात्रिको रुपमा पस्तुत गर्दै जनकपुर बाट नेपाल भ्रमण सुरु गरेका हुन । मोदिले जनकपुर मन्दिरमा पूजाआर्चना सकेपछि मात्र सार्बजनिक कार्यक्रममा प्रस्तुत भएका थिए । स्थानीय भेषभुषामा सजिएका उनले जनकपुरलाइ रामकथा अनुसार ब्याख्या गर्दै जनकपुर एक महत्वपूर्ण तीर्थथल भएको बताए । नेपाल र भारत सम्बन्धलार्इ बजबूत बनाउन मिथिला क्षेत्र निकै महत्वपूर्ण रहेको आशय उनको थियो । उनले मिथिला क्षेत्रको बिकाशका लागि १ अर्ब सहयोग गर्ने पनि बनाएका छन् ।

शुक्रबार जनकपुरको कार्यक्रम पछि मोदी काठमाडौं आएर एक रात बिताए र शनिबार मुक्तिनाथ र पशुपतिनाथको दर्शन गरे । मुक्तिनाथ दर्शनका क्रममा स्थानीय भेषभुषामै देखिएका उनले हिमाललार्इ पृष्ठ भूमिमा राख्दै केहि तस्बिर समेत खिचाए र सामाजिक सञ्जालमा राखे ।

मोदीलार्इ देख्दा लाग्थ्यो ऊनि तीर्थयात्रिको रुपमा नेपाल आएपनि प्राकृतिक बातावरणमा रम्दै लामो समय बिताउन नेपाल आएका अन्य पर्यटक भन्दा कम छैनन् ।

आफुलाइ पूर्णसुरक्षाको प्रत्याभूति भएको कुरा ब्यक्त गर्दै भारतीय प्रधानमन्त्री निकै प्रफुल्लताका साथ पर्यटकीयस्थल तथा तीर्थस्थलको भ्रमण गरे ।

कुनै पनि देशका प्रमुख ब्यक्तिहरुले पर्यटकीयस्थलको भ्रमण गर्नु र त्यसको सकरात्मक सन्देश आउनु एक खुशीको कुरा हो ।

बिभिन्न समयमा भैरहने हवाई दुर्घटना र अशुरक्षित नेपाली आकाशको नकारात्मक शन्देश साथै २०७२ शालको भूकम्पले नेपालमा परेको असर लगायतका कुराले खस्किएको पर्यटन बजारलाइ यसले सकारतमक शन्देश दिएको छ ।

नरेन्द्र मोदिले गरेको दुइदिने नेपाल भ्रमणले पर्यटन क्षेत्रलाइ केहि टेवा पुग्ने अपेक्षा पर्यटन व्यवसायीहरुले गरेका छन् । यस भ्रमणले पर्यटकको आगमनमा स्वत बृद्धि हुने समेत उनिहरुको बिश्लेशण छ । यसले पनि मोदिले नेपालको भ्रमण मात्र नगरी अप्रत्यक्षरुपमा पर्यटकियस्थलको प्रचार–प्रसार गरेको समेत देख्न सकिन्छ ।

  • आशीष पौडेल