काठमाडौंः नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय प्रधानमन्त्री नरेंद्र दामोदर दास मोदीको नेपाल भ्रमणलाई लक्षित गर्दै ६ वाट प्रश्न  ट्वीटर मार्फत सोधेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै शर्माले मोदी भ्रमण एउटा देशको हो कि प्रदेशको ? भिन्न दुई भूगोलमा अभिनन्दन कति राष्ट्रिय ? देशको प्रतिनिधित्व जनकपुरले गर्न मिल्छ कि मिल्दैन ? भारतीय सैनिक उपस्थिति अतिक्रमण कि अविश्वास ? नाकाबन्दीको भुल वोध गरिदैं कि भुल्दै ? भन्दै पाँच प्रश्न सोधेका छन् भने ओलीलाई लक्षित गर्दै हाम्रा प्रमको राष्ट्रवाद कुन मञ्चमा सुकुला ? भन्ने प्रश्न आफ्नो ट्वीटर मार्फत सोधेका छन् ।