काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन समारोहमा प्रतिपक्षको तर्फबाट नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि सहभागी हुने भएका छन् ।

समितिले प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई पनि निम्तो दिएपछि निधिको सहभागी हुन लागेको हो । धनुषा गृहजिल्ला भएका निधिलाई प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले फोन गरेर कार्यक्रममा निम्तो गरेको स्रोतले जनाएको छ । निम्तो पाएपछि निधि जनकपुर जाने भएका छन् ।

जनकपुरधामको बाह्रबिघामा शुक्रबार नेपाल भ्रमणमा आउन लागेका मोदीलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम छ । संघीय सरकारका वरिष्ठ सदस्य एवम् रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्ने सो कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले अभिनन्दन पत्र पढ्नेछन् ।


। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कार्यक्रम समापन भएको घोषणा गर्ने योजना रहेको बताइएको छ ।