काठमाडौँः भारतीय वायुसेनाको चार्टर विमानमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई सुरक्षा दिन सुरक्षा सामग्रीसहित करिब ४ दर्जन सुरक्षाकर्मी र दुइटा बुलेट प्रुफ लेमोजिन कार मंगलबार बिहान काठमाडौं ल्याइएको छ ।
मोदीका यी दुइटै कार काठमाडौंमै राखिनेछ ।
एउटा कार यसअघि नै जनकपुर ल्याइसकिएको छ । एकैछिन उपयोग गरेर फर्काउने गरी उक्त कार सडकमार्गबाटै ल्याइएको हो ।
काठमाडौं ल्याइएका कारका चालक दलका १६ सदस्य र ४४ सदस्यीय सुरक्षा कमान्डो नेपाल आइपुगेका जानकारी अधिकारीहरूले दिए ।
भारतीय मन्त्रिपरिषद् सचिवालयअन्तर्गत स्पेसल प्रोटेक्सन ग्रुप एसपीजी अन्तर्गतका हरियाससहितका ४४ सुरक्षाकर्मी काठमाडौं आएका हुन्।
।
नेपाली सेनासँगको सहकार्यमा उनीहरूले मोदीलाई छुट्टै घेरामा रहेर सुरक्षा दिने जनाइएको छ ।
भारतीय पक्षले मोदी जाने जनकपुर, काठमाडौं र मुस्ताङको मुक्तिनाथमा बेग्लाबेग्लै समूहमा सुरक्षाकर्मी खटाएको छ।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook