काठमाडौँ: भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई धन्यवाद दिएका छन् । भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा दिनकालागि सहयोग गरेकोमा मोदीले इमरानलाई धन्यवाद दिएका हुन् ।

पाकिस्तान र भारतको सीमा क्षेत्रमा पर्ने धार्मिक क्षेत्रहरुको भ्रमणका लागि पाकिस्तानले त्यस्तो व्यवस्था गरिदिएको जनाइएको छ । सञ्चार माध्यमलाई प्रतिक्रिया दिने क्रममा प्रधानमन्त्री मोदीले भने ,“पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको संवेदनशीलतालाई बुझिदिनु भएको छ र सहयोग गरेको छ,त्यसैले म उनलाई धन्यवाद दिन चाहन्छु ।”


प्रकाशित मितिः कार्तिक २३, शनिवार, १६:२१