काठमाडौंः भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड–१९) संक्रमणविरुद्धको खोपको दोस्रो डोज लगाएका छन् ।

प्रधानमन्त्री मोलीले आज बिहान कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाएका हुन् ।

उनले खोपको दोस्रो डोज लगाएको आफ्नो ट्वीटरमार्फत जानकारी गराएका छन् ।

पहिलो डोज मार्च १ मा लगाएका मोदीले नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिट्युट अफ मेडिकल साइन्समा पुगेर दोस्रो डोजको खोप लगाएका हुन् ।


। उनले भारत मै उत्पादित कोरोनाविरुद्धको खोप कोभ्याक्सिन लगाएका हुन् ।

कोरोनालाई हराउने कम तरिकामध्ये एक खोप रहेको भन्दै उनले खोप लगाउन योग्य सबैले खोप लगाउन पनि अनुरोध गरेका छन् ।


प्रकाशित मितिः २०७७ साल चैत २६ गते बिहीबार, १२:१४