काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको काठमाडौंमा सवारी हुँदा सवारी साधन २० मिनेट रोकिने भएका छन् ।

दुई दिने राजकीय भ्रमणका लागि आज बिहान जनकपुर हुँदै दिउँसो १ः३० बजे काठमाडौं आउन लागेका भारतीय प्रधानमन्त्री मोदीको सुरक्षाका लागि सवारी रोकिने भएको हो ।

मोदी हिँड्ने रुटमा १० मिनेटदेखि २० मिनेटसम्म सवारी रोकिने गरी ट्राफिक व्यवस्थापन मिलाइएको छ भने एम्बुलेन्स, दमकललगायतका अत्यावश्यक सवारी साधनलाई भने हिँड्न रोक नलगाइएको काठमाडौं ट्राफिक महाशाखाले जनाएको छ ।

दिउँसो १ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण हुने भारतीय प्रधानमन्त्री मोदी त्यहाँबाट बौद्धस्थित ह्यात होटल प्रस्थान गर्नेछन् ।


।  दिउँसो ४ बजे गार्ड अफ अनरका लागि टुँडिखेल प्रस्थान गर्ने क्रममा चाबहिल, गौशाला, एरपोर्ट, बानेश्वरलगायतका क्षेत्रमा सवारी आगमन रोकिने महाशाखाले जनाएको छ ।