काठमाडौंः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पशुपति पुगेका छन्। नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका मोदी पुजा गर्न पशुपतिनाथ पुगेका हुन्।
निर्धारित समय भन्दा एक घण्टा ढिलो पशुपति पुगेका मोदी यतिबेला बाक्लो सुरक्षाबीच पूजा गरिरहेका छन् ।मोदीले आजै मुक्तिनाथमा विशेष पूजा गरेका थिए।
यसअघि मोदीले २०७१ साउन १८ गते सोमबार पशुपति मन्दिरमा रुद्राभिषेकसहित विशेष पूजा गरेका थिए।
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook