काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज जनकपुरधामस्थित जानकी मन्दिरमा षोडशोपचार विधिबाट विशेष पूजाअर्चना गरेका छन्।

मन्त्रको प्रधानता रहेको सो पूजामा जानकी मन्दिरमा आउने विशिष्ट अतिथिलाई मात्र संलग्न गराइने परम्परा छ । जानकी मन्दिरमा सो विधिबाट पूजा गर्ने भारतका प्रधानमन्त्रीका रूपमा मोदी पहिलो हुन् ।

षोडशोपचार विधिबाट गरिने पूजामा पञ्च आहूति, पञ्चतन्त्र, पाँचजना पण्डितद्वारा मन्त्रोच्चारण गरी पूजा आराधना गराइन्छ, जसमा माता सीतालाई वस्त्र, गरगहना र शृङ्गारका सामग्री अर्पण गरिने चलन रहेको छ ।

ईश्वरी अवतार महामानवका रूपमा भएको भावभूमिमा सीतालाई सुशील पुत्री, धीर, गम्भीर राजकुमारी, आज्ञाकारी शिष्या, अनन्त सखी, मर्यादित पत्नी, मृदुभाषणी गरिमामयी कुलवधु, प्रकृति स्वरूपा, सबल नारी , संकटका बेला स्मरणीय चरित्र, ममतामयी माता तथा देवीतुल्य भएकी कारण सीतालाई पूजनीय र अनुकरणीय मानिंदै आएको छ ।


एक पटक भारतीय समाजवादी नेता चन्द्रशेखर जनकपुरधाम आएका बखत आयोजित अभिनन्दन कार्यक्रममा भावविभोर भई जानकीको वन्दना गर्दै भगवान् रामलाई पुरुषार्थको प्रेरणा जानकीबाट नै प्राप्त भएको प्रसङ्गले पनि अनन्य भावलाई स्पष्ट गर्छ ।

सनातन संस्कृतिको विशिष्ट तत्वका रूपमा सम्पूजित जानकी माताको दर्शन सन्दर्भमा यसअघि भारतीय राष्ट्रपतिहरू नीलम सञ्जीवा रेड्डी, ज्ञानी जैैल सिंह र प्रणव मुखर्जीले पनि धर्तीपुत्री जानकीको पूजाआराधना गरेका थिए ।

जनकपुरधाम मिथिलाका राजा जनकको घर र जानकीको जन्मस्थल भएकाले विदेह परम्पराको निरन्तरताका रूपमा विशिष्ट पाहुनालाई षोडशोपचार विधिबाट पूजा अर्चना गराइने परम्परा रहेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुई दिने राजकीय धार्मिक भ्रमणका लागि जनकपुर धाममा आइपुगेका छन् । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले उनको स्वागत गरेका छन् । जानकी मन्दिरको विषेश पुजाआजा गरी जानकी मन्दिरको मैदानमा त्यहाँका पुजारीले राम जानकी मन्दिरको चिनो दिदैं स्वागत गरेका थिए ।
मोदी र ओलीले संयुत्त रुपमा रामयण सर्किटको उद्घाटन गरेका छन् । भारतका प्रधानमन्त्री मोदीले मेरा लागि जानकी मन्दिर तथा जनकपुर धामको पूजा गर्न पाउँदा अत्यन्त खुसी महसुस भएको र यो मेरा लागि सौभाग्य भएको बताएका छन् । यो अवसर दिएकोमा नेपाल सरकार र प्रधानमन्त्री ओली राज्य सरकार तथा नेपालका करोडौं नेपाली जनताप्रति अनुगिृहित छु, उनले भने,

नेपालका प्रधानमन्त्री ओलीले जानकी मन्दिर तथा जनकपु्र धाममा स्वागत गर्ने अवसर पाउँदा खुसी व्यक्त गरे । यो भ्रमण सांस्कृतिक मैत्री सम्बन्ध र सद्भावनालाई झन् मजबुत भएको बताए । यो सम्मान हजारौं वर्ष पुरानो जनताको अटुट र सदियौं देखिको साम्मान हो, उनले जनकपु् ज्ञानभूमि हो, यहाँबाट कयांै विद्वान् जन्मेको र जनकपुर र अयोध्याको सम्बन्ध प्रगाढ हुने बताएका छन् ।