काठमाडौं: दुई देशका प्रधानमन्त्रीे बिच होटल द्वारिकाजमा भेट वार्ता सुरु भएको छ ।

दुई पक्षीय वार्ता टुङ्गिए लगतै दुई देशका प्रतिनिधिमण्डलबीच विविध बिषयमा वार्ता तथा छलफल हुने बताइएको छ ।

यसका साथै दुई देशका प्रधानमन्त्रीकाबीच आजै अरुण तेस्रोको स्वीच थिचेर उद्घाटन गर्ने र संयुक्तरुपमा व्यक्तब्य जारी गर्ने कार्यक्रम रहेको छ ।

यसका साथै भोलि बिहान मुक्तिनाथको पुजाअर्चानाका लागि मुस्ताङ्ग जाने र दर्शन कार्यक्रम समाप्त पछि काठमाडौं फिर्ता र काठमाडौं महानगरपालिकाबाट साँझ ४ बजे आयोजित नागरिक अभिनन्दनमा सरिक भई कार्यक्रम पछि  स्वदेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।