काठमाडौंः नेपाल भ्रमण रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच छुट्टाछुट्टै भेटवार्ता भएको छ।

राजधानीको होटल हायतमा दुई नेताबीच झन्डै आधा घन्टा एक्लाएक्लै वार्ता भएको हो।

भारतीय विदेश मन्त्रालयले वार्तामा द्वीपक्षीय सम्बन्ध मजबुद् बनाउने विषयमा कुरा भएको उल्लेख गरेको छ। दाहालको सचिवालयले भने भेटमा भएको कुराकानीबारे केही खुलाएको छैन।

यसअघि भारतीय प्रधानमन्त्री मोदीले प्रमुख प्रतीपक्षी नेपाली कांग्रेसका नेताहरूसँग सामूहिक भेटवार्ता गरेका थिए।