जनकपुरधामः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुरधाम भ्रमणका लागि बनाइएको स्वागतद्वार रातिको हावाहुरीले ढलेका छन् ।

हिजो राती परेको हावा र वर्षाका कारण विभिन्न स्थानमा निर्माण गरिएका स्वागतद्वारहरु ढलेका छन् भने मञ्च समेत बिग्रेको छ ।

स्वागतद्वारका साथै अभिनन्दन स्थलका रुपमा सजाइएको बाह्र बिघा मैदानका जलमग्न भएको छ । जनकपुरधाम विमानस्थलदेखि जानकी मन्दिरसम्म बाटो पनि विभिन्न स्थानमा जलमग्न भएको छ । कालोपत्र गरिएका सडक र विद्यापति राममन्दिरसम्मको बाटोमासमेत ठाउँ–ठाउँमा पानी जमेको छ ।