काठमाडौंः कोभिड–१९ महामारी नियन्त्रण गर्न सुरक्षा तथा स्वास्थ्य निकायको प्रयत्नलाई सहयोग गर्न मोबाइल फोन इम्पोर्टर्स एशोशिएसन (एमपीआइए) ले नेपाली सेनाका सैनिक स्वास्थ्य महानिर्देशनालयलाई १० हजार थान मास्क हस्तान्तरण गरेको छ ।

भद्रकालीस्थित नेपाली सेनाको मुख्यालयमा आयोजित समारोहमा एमपीआइएका अध्यक्ष दिपक कुमार मलहोत्रा एवं पदाधिकारीहरुले संयुक्त रुपमा सहयोग स्वरुप उक्त सामगी हस्तान्तरण गरेको हो ।

अध्यक्ष मलहोत्राले यस सहयोगले कोभिड–१९ महामारी विरुद्ध लडिरहेका राष्ट्रिय सुरक्षा निकायलाई थप बल प्रदान गरेको बताए ।


प्रकाशित मितिः बुधबार, वैशाख १७, १७:५६