मोरङः उर्लावारी नगरपालिका–६ रमाइलो टोलबाट प्रहरीले विभिन्न हातहतियार सहित एक जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङ फाम्वाङ्लुङ गाउँपालिका–२ बस्ने ३२ वर्षीय पेम्वा साङ्गे शेर्पा रहेका छन् ।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लावारीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा शेर्पाले झोलाभित्र लुकाइ राखेको अवस्थामा १ थान पेस्तोल, ३ राउण्ड गोली र १ थान म्याग्जिन सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ७ आइतबार, १५:५४