मोरङः रतुवामाई नगरपालिका–१० सातमेडी बस्ने २४ वर्षीय रविन लिम्बुको करेन्ट लागेर मृत्यु भएको छ ।

मंगलबार दिउँसो ४ बजे आफ्नै घर छेउमा मोटरजडान गर्ने क्रममा अचानक करेन्ट लाग्दा लिम्बु बेहोस भएका थिए ।

उनलाई तत्काल लाइफलाइन अस्पताल दमक लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २८ बुधबार, १५:३४