मोरङः मोरङका २ छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो उर्लावारी–९ मा रहेको मावा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा स्थानीय ३५ वर्षीय बिनोद परियारको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लावारीले जनाएको छ ।

माछा मार्ने क्रममा करेन्ट लागी घाइते भएका परियारलाई उपचारको लागी अरनिको अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

यसैगरी, मोरङकै पथरीशनिश्चरे–८ शुक्रवारेमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर सुनसरी रामधूनी–८ का ४५ वर्षीय सबुरलाल चौधरीको मृत्यु भएको छ ।

शुक्रबार बेलुका पथरीशनिश्चरे–८ का राज नारायण चौधरीको घरमा बिजुलीको काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका चौधरीलाई उपचारको लागी मोरङ अस्पताल पथरी पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।



प्रकाशित मितिः २०७७ साल कार्तिक २२ शनिबार, १४:०५