मोरङः मोरङमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

कटहरी–७ थलाहा बस्ने ४१ वर्षीया कलकतनी माझीको करेन्ट लागेर मृत्यु भएको हो ।

आज दिउँसो पौने ३ बजे आफ्नै घरमा सरसफाई गरिरहेको अवस्थामा अचानक फेनको तारबाट विद्युत सट भई कलकतनीलाई करेन्ट लाग्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई कानुनी कारबाही भईरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः आइतबार, असोज ४, २०७७, २२:०२