मोरङः बेलबारी नगरपालिका–४ गर्जुराम टोल बस्ने अशोक राईको घरमा जुवा खेलिरहेको अवस्थामा ६ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलबारी नगरपालिका–३ मैनावारी टोल बस्ने ४० वर्षीय रित गुरुङ, सोही नगरपालिका–११ लक्ष्मीमार्ग बस्ने ५६ वर्षीय सुजय गौतम, ५२ वर्षीय चन्द्र लिम्बु, झापा दमक नगरपालिका–५ मन्टेश्वरी टोल बस्ने ३२ वर्षीय धमेन्द्र राई, सुनसरी इटहरी उपमहानगरपालिका–१ हलगडा बस्ने ४७ वर्षीय प्रदिप तामाङ र धनुषा चारनाथ गणेशमान नगरपालिका–८ पोर्ताहा बस्ने ५० वर्षीय पर्शुराम भुजेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुबाट नगद २ लाख ५३ हजार २ सय ३५ रुपैयाँ, १ सेट कौडा, ३ बुक तास, को २ च २८१९ नम्बरको गाडी, अनटेष्ट लेखिएको मोटरसाइकल र को २३ प १३८७ नम्बरको स्कुटर बरामद गरेको छ ।


यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः शनिबार, असोज २४, २०७७, १७:२८