मोरङः रतुवामाई नगरपालिका–८ बाट जुवा खेलिरहेका १६ जनालाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको छ ।

स्थानीय सागर गडतौलाको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नगद १ लाख ६९ हजार ६९५ रुपैयाँ, कौडा १६ थान, एक बुक तास, मोबाइल थान १६ थान, मोटरसाइकल १९ वटा र २ वटा कार सहित १६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–७ का ४७ वर्षीय डिल्लीराम चौलागाई, ३५ वर्षीय मोती पौडेल, ४३ वर्षीय रामनाथ मैनाली, ४१ वर्षीय देबी प्रसाद प्रसाई, ३७ वर्षीय रामनाथ नेपाल, ४५ वर्षीय हेमलाल प्रसाई, ४० वर्षीय नारायण चुडाल, रतुवामाई नगरपालिका–८ का ४४ वर्षीय सन्त बहादुर राई, ३५ वर्षीय सागर गडतौला, ४५ वर्षीय दिपक ढुङगाना, ४५ वर्षीय देबराज घिमिरे, ३८ वर्षीय अशोक भट्टराई, ३९ वर्षीय राजन हस्ता सतार, ४५ वर्षीय गोपी पराजुली, ३६ वर्षीय रबिन पोखरेल र बेलबारी नगरपालिका–७ का २२ वर्षीय गणेश श्रेष्ठ रहेका छन् ।


पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर ६ शनिबार, ११:३७