मोरङः रतुवामाई नगरपालिका–९ मा आज बिहान दुई वटा मोटरसाइकल आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

प्रदेश १–०२–०४१ प २६६४ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–०४४ प २६०९ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा २६६४ नम्बरका चालक रतुवामाई नगरपालिका–७ का २७ वर्षीय ललित कट्वालको मृत्यु भएको हो ।

गम्भीर घाइते भएका उनको उपचारको क्रममा अरनिको अस्पताल उर्लाबारीमा मृत्यु भएको हो ।

अर्को मोटरसाइकलमा आएका २ जना घाइते भएकाले उपचारको लागि सोही अस्पताल पठाइएको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १९ गते आइतबार, २०:२८