मोरङः उर्लावारी नगरपालिका–३ सेउपाँखामा बसको ठक्करबाट सोमबार बेलुकी स्कुटर चालकको मृत्यु भएको छ भने स्कुटरमा पछाडि चढेकी एक युवती गम्भीर घाइते भएकी छिन ।

दुर्घटनामा गम्भीर घाइते स्कुटर चालक कानेपोखरी–५ बस्ने ३७ वर्षीय सुर्यबहादुर धिमालको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

गम्भीर घाइते २५ वर्षीय तृष्णा खनाललाई थप उपचारको लागि बि एण्ड सि अस्पताल बिर्तामोड पठाइएको छ ।

पुर्व पश्चिम राजमार्गमा प्रदेश १-०१-००१ ख ३४१० नम्बरको बसले मे १ ख ३७४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा धिमालको मृत्यु भएको हो ।

बस सहित बस चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ ।



प्रकाशित मितिः २०७७ साल माघ ६ गते मंगलबार, ११:३१