काठमाडौंः  मोरङ जिल्लाकाे  छुट्टा छुट्टै स्थानमा दुई जना पुरुषको शव फेला परेको छ । पथरी शनिश्चरे नगरपालिका वडा नं. ४ स्थित सम्झना चोकमा रहेको बजारमा स्थानीय ५५ वर्षिय प्रबल गिरी बिहीबार मृत भेटिएका थिए । अत्याधिक मादक पदार्थ सेवनबाट उनको मृत्यु भएको हुनसक्ने प्रहरीले बताएको छ । शवको मंगलबारे अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइसकिएको ।

यस्तै शुक्रबार बिहन लेटाङ १ धोबीघाटका ६४ वर्षीय बलबहादुर लामिछाने मगर पनि मृत भेटिएका छन् । मगरको शव पाँचथरे खोलामा भेटिएको हो ।

दुबै घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।



प्रकाशित मितिः शुक्रबार, फागुन २, १३:२९