मोरङः उर्लाबारी नगरपालिका–८ गुरुङटोलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मोटरसाइकलमा पछाडी चढेका पुरुषको मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मे ४ प ९२८५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिँदा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक सर्वलालचोक बस्ने ३० वर्षीय उपेन्द्र दनुवार घाइते भएका छन् । उनको अरनिको अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित मितिः २०७७ साल मंसिर १३ शनिबार, १७:१७