मोरङः लेटाङ नगरपालिका–५ मा रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७४ वर्षीय मनि प्रसाद राई रहेको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

शुक्रबार अपरान्ह ५ बजेको समयमा आफ्नै घर छेउमा रहेको रुखमा चढेर घाँस झार्ने क्रममा अचानक लडेर घाइते भएका राईलाई घर तर्फ ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः शनिबार, फागुन १७, १६:३४