मोरङः रंगेली नगरपालिका–२ मा मंगलबार बेलुकी सवारी साधनको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

मृतक अन्दाजी ४५ वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको छ ।

हिजो बेलुकी सवा ७ बजे नम्बर नखुलेको सवारी साधनको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको हो ।

सवारी साधन सहित फरार भएका चालकको खोजी भइरहेको छ ।

शवलाई पोष्टमार्टमका लागी रंगेली अस्पताल पठाइएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १२ बुधबार, ११:४२