मोरङः कानेपोखरी गाउँपालिका–७ मा सोमबार बेलुकी नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको सवारी साधनले अन्दाजी ५० वर्षीय पुरुषलाई मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि गम्भीर घाइते पुरुषको उपचारको लागि विराटनगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ ।

दुर्घटनामा संलग्न सवारी साधन सहित चालक फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः मंगलबार, चैत ४, ०८:३६