मोरङः ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा विराटनगर महानगरपालिका–१३ झमेली चोक डेरा गरी बस्ने कटहरी गाउँपालिका–३ घर भएका ५५ वर्षीय राजेन्द्र रजकलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राजेन्द्रले ती बालिकालाई ललाईफकाई आफ्नो कोठामा लगी जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रकाशित मितिः २०७८ साल वैशाख १३ गते सोमबार, १६:५८