काठमाडौंः प्रहरीले मोरङ र भोजपुरबाट गाई मारेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।
मोरङको सुनवर्षी नगरपालिका–२ सुघाटोल बस्ने ३० वर्षीय भुपेन्द्र राईलाई गाई मारेको अभियोगमा शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
घरायसी बिषयमा सामान्य बादबिबाद हुँदा भुपेन्द्रले उनकै भाई ३० वर्षीय गजेन्द्र राईको गाईलाई हथौडाले हान्दा गाईको मृत्यु भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी, भोजपुरको रामप्रसादराई गाउँपालिका–४ दलगाउँ बस्ने ५५ वर्षीय गन्धे दमाई र सोही ठाउँ बस्ने भारत सिक्किम टाउन ३ घर भएका २८ वर्षीय फक्रोज मुस्लिम मियालाई गाई मारेको अभियोगमा शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
।
उनीहरुले गत कात्तिक २६ गते गाई काटी गाईको मासु बिन्द्रे भन्ने मनाहाङ दमाईले बिक्री गरेको भन्ने खबर शुक्रबार प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । हाल फरार मनाहाङ दमाईको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७७ साल मंसिर १३ शनिबार, १७:२२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook