काठमाडौंः बिशेष गरेर नयाँलाई प्रोत्साहन र पुरानोलाई सम्मान गर्दै नेपाली लोक तथा दोहोरी गीत संगीत क्षेत्र सम्वृद्धिका निमित्त अवारात्र खटिरहेका मोहन खड्काले पुनः अर्को लोक दोहोरी गीत बजारमा लिएर आएका छन् । उनले केहि समय अगाडी मात्रै ‘पिपल छायाँले’ बोलको गीत बजारमा लिएर आएका थिए । यसै गीतको चौतर्फी सफलता पछी मोहन खड्काको पछिल्लो लोक दोहोरी गीत ‘बुट्टे रुमाल लैजानु चिनु’ बोलको रहेको छ ।

गीतमा आफुले धेरै माया गरेको मान्छे टाढा हुने भएपछी चिनो स्वरुमा रुमाल उपहार दिएको प्रसङ्ग समाबेश गरिएको छ । गीतमा अहिलेका भाइरल कलाकार द्वय अलिफ खान र लक्ष्मी खड्काको सुमधुर स्वर सुन्न सकिन्छ ।


। गीतलाई लय मोहन खड्काले तयार पारेका हुन् भने शब्द मोहन खड्का र अमृता बन्जराको रहेको छ ।

निकै कर्णप्रिय ढंगबाट तयार भएको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा सारिका के.सी., अर्जुन गौतम र अमृता बन्जराको रहेको छ । कपिल लामा द्वारा निर्देशित भिडियोलाई छायांकन बिपिन क्षेत्रीले गरेका हुन् भने सम्पादन नबिन घर्ति मगरले गरेका छन् । गीतको म्युजिक भिडियोलाई थप आकर्षण माधब श्रेष्ठको कोरिग्राफीले गरेको छ ।

भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७८ साल वैशाख १५ गते बुधबार, १७:५३