काठमाडौं: त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभाग र नेपाल सरकार जल तथा मौसम विभागको संयुक्त प्रयासमा रेडियोसोण्ड (मौसमी बेलुन) उडाउने तयारी गरिएको छ । रेडियोसोण्डले माथिल्लो वायुमण्डलका विभिन्न उचाई र तहहरु वायुमण्डलीय सूचकहरु चाप, तापक्रम, सापेक्षित आद्रता, वायुको दिशा र गति लगायतका मौसमी तथ्याङ्क संकलन गरी रेडियो उपकरण मार्फत जमिनमा रहेको रिसिभरमा पठाउँछ ।

हाल त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागवाट हुने रेडियोसेण्डको उडान क्रमश: नेपालगञ्ज र विराटनगरबाट पनि सञ्चान गर्ने योजना रहेको समेत रहेको छ ।

रेडियोसेण्ड उडानको वारेमा जानकारी गराउदै त्रिवि जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्रमुख प्रा.डा.दिपक अर्यालले रेडियोसेण्डको प्रयोगले मुलुकको मौसमपूर्वानुमान एवं प्राज्ञिक अनुसन्धान दुवैमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।


सरकार र त्रिवि दुवै निकायको समन्वयमा कार्यक्रम अघि वढेको र यसले केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीलाई मौसमपूर्वानुमानका सम्वन्धमा थप जानकार हुन र अध्ययन/अनुसन्धान गर्न हौसला मिल्लने जलतथा मौसम विज्ञान केन्द्रीय विभागका सह–प्रा.डा.विनोद दवाडीले जानकारी दिए ।