काठमाडौंः अहिले प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसम आंशिक बदली रहेको छ । उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेकोले मौसम बदली भएको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भू-भागहरुमा आकाशमा बादललागे सँगै राम्रोसँग घाम नालाग्दा दिउसोको तापक्रममा हल्का गिरावट आउने छ । तराईका केही भू-भागहरुमा बिहानको समयमा बाक्लो हुस्सुरकुहिरोसमेत लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।
दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।
।
राति देशका पहाडी भू-भागमा आँशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मितिः ५ माघ २०७७, सोमबार, ०८:१२
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook