म्याग्दीः म्याग्दीको एक एनसेल टावरमा शुक्रबार राति आगजनी भएको छ ।

मालिका गाउँपालिका–१ निस्कोटमा रहेको टावरमा अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

आजगनीबाट टावर पूर्ण रुपमा क्षति पुगेको छ।

आगजनी नेत्रविक्रम चन्द ‘विप्लव’ समूहको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

फाइल तस्विर


प्रकाशित मितिः शनिबार, पुस २६, १०:०६