काठमाडौंः इंग्लिस प्रिमियर लिगमा म्याचेस्टर युनाइटेडले एस्टन भिल्लामाथि सहज जित हात पारेको छ ।

बिहिबार राति युनाईटेडले रेलिगेशन जोनमा रहेको एस्टन भिल्लामाथि ३–० को सहज जित हात पारेको हो ।

युनाइटेडका लागि ब्रुनो फर्नान्डेज, मासन ग्रिनउड र पाउल पोग्बाले एक एक गोल गरे ।

खेलको २७ औं मिनेटमा फर्नान्डेसले पेनाल्टीमार्फत गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । पहिलो हाफको ईन्जुरी समयमा मासन ग्रिनउडले गोल गर्दै युनाईटेडको अग्रता दोब्बर बनाए । ५८ औं मिनेटमा पोग्बाले गोल गर्दै युनाईटेडलाई ३–० को सहज जित दिलाए ।

लिगमा चार चरणको खेल बाँकी रहदाँ पाँचौ स्थानको युनाईटेडले ५८ अंक जोडेको छ ।


। एस्टनभिल्ला २७ अंक सहित पुछारदेखि दोस्रो स्थानमा छ ।

अर्को खेलमा एटर्भन र साउथह्याम्टनले १–१ को बराबरी खेल्दै अंक बाँडे ।

सुरुवातमा ड्यानी इग्सको गोलबाट साउथह्याम्टनले खेलमा अग्रता बनाएको थियो । ४३ औं मिनेटमा रिचार्डलिसनले एभर्टनका लागि बराबरी गोल फर्काएका थिए ।

एभर्टन ४५ अक सहित ११ औं स्थान र साउथह्याम्टन ४४ अंक सहित १२ औं स्थानमा उक्लिएका छन् ।


प्रकाशित मितिः शुक्रबार, असार २६, २०७७, ०८:१५