काठमाडौंः युरोपा लिग फुटबलमा प्रिमियर लिग क्लब म्यानचेष्टर युनाईटेड बराबरीमा रोकिएको छ ।

समुह एल अन्तर्गतको खेलमा युनाईटेड डच क्लब एजेट अल्कामारसँग गोल रहित बराबरीमा रोकिएको हो ।

अल्कामारको मैदानमा बिहीबार राति भएको खेलमा युनाइटेडले दबाव दिएपनि गोल गर्न भने सकेन । यता, पहिलो हाफको तुलनामा अल्कामारले दोस्रो हाफमा उत्कृष्ट खेल्यो । अल्कामारले तीन वटा उत्कृष्ट मौकालाई सदुपयोग गर्न सकेन । फरवार्ड मायरोन बोआडुको गोललाई रेफ्रीले अफसाईड दिएपछि अल्कामार अग्रता लिनबाट चुकेको थियो ।

बैकल्पिक खेलाडी लिङगार्ड चोट बोक्दै मैदान छाडेपछि युनाईटेडले १० खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेको थियो ।


बराबरीको नतिजासँगै युनाईटेड २ खेलबाट ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । अल्कामार २ अंक सहित तालिकाको तेस्रो स्थानमा छ ।


प्रकाशित मितिः शुक्रबार, असोज १७, ०८:४९