काठमाडौंः म्यानचेष्टर सिटीले च्याम्पियन्स लिग फुटबलमा डायनामो जाग्रेबलाई हराएको छ ।

बुधबार राति भएको खेलमा म्यान्चेष्टर सिटीले डायनामो जाग्रेबलाई ४–१ ले हराएको हो ।

सिटीका लागि ग्याब्रियल जेससले ह्याट्रिक गरे भने फिल फोडिनले अर्को एक गोल गरे । यस्तै जाग्रेबका लागि ड्यानिल ओल्मोले एक गोल गरे ।

खेलको १० औं मिनेटमा ओल्मोले गोल गर्दै जाग्रेबलाई सुरुवाती अग्रता दिलाएका थिए । ३४ औं मिनेटमा सिटीका जेससले गोल गर्दै खेल बराबरीमा ल्याए । । ५० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका जेससले ५४ औं मिनेटमा पुनः गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । ८४ औ मिनेटमा फोडिनले गोल गर्दै सिटीलाई ४–१ को जित दिलाए ।


जितसँगै सिटीले समूह ‘सी’ बाट समूह विजेता बन्दै नकआउट चरणमा स्थान बनायो । सिटीले ६ खेलबाट १४ अंक जोडेको छ ।

यो समूहबाट इटालियन क्लब एटलान्टाले समूह उपविजेताको रुपमा नकआउट चरणमा पुगेको छ ।

बुधबार राति नै भएको अर्काे खेलमा एटलान्टाले साख्तर डोनेक्सलाई उसकै मैदानमा ३–० ले पराजित गरेको थियो ।

एटलान्टाले ७ अंक जोड्यो । ६ अंक जोडेको साख्त र ५ अंक जोडेको डाइनामोले समूह चरणबाटै बाहिरिए ।


प्रकाशित मितिः बिहीबार, मंसिर २६, ०९:५६