काठमाडौंः म्यानचेस्टर युनाइटेडले युइएफए युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा फराकिलो जित निकालेको छ ।

बिहीबार राति भएको खेलमा युनाइटेडले घरेलु टोली अष्ट्रियन क्लब लास्कमाथि ५–० को फराकिलो जित निकालेको हो ।

युनाइटेडका लागि ओडिन इघलो, ड्यानियल जेम्स, हुवान माटा, मासन ग्रीनवुड र एन्ड्रियस पेरेराले एक एक गोल गरे ।

खेलको २८ औं मिनेटमा इघलोले गोल गदै युनाइटेडलाई अग्रता दिलाएका थिए । ५८ औं मिनेटमा जेम्सले गोल गर्दै युनाइटेडलाई अग्रता दोब्बर दिलाए । ८२ औं मिनेटमा माटाले गोल गर्दै युनाइटेडलाई ३–० ले अघि बढाए । इन्ज्युरी समयको पहिलो मिनेटमा ग्रीनवुड र इन्ज्युरी समयकै तेस्रो मिनेटमा गोल गर्दै म्यानचेस्टरलाई ५–० को फराकिलो जित दिलाए ।


जितसँगै युनाइटेडले युरोपा लिगको क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।


प्रकाशित मितिः शुक्रबार, फागुन ३०, ०८:२८