काठमाडौंः प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ ।

मंगलबार राति युनाईटेडले ब्राईटोनमाथि ३–० को सहज जित निकालेको हो ।

खेलको १६ औं मिनेटमा युवा खेलाडी मासन ग्रिनउडले गोल गर्दै युनाईटेडलाई सुरुवाती अग्रता दिलाएका थिए । २९ औं मिनेटमा ब्रुनो फर्नान्डेसले युनाईटेडको अग्रता दोब्बर बनाए । ५० औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै फर्नान्डेसले युनाईटेडलाई ३–० को सहज जित दिलाए ।

जितसँगै युनाइटेडले अर्को सिजन च्याम्पियन्स लिगका लागि छनोट हुने सम्भावनालाई यथावत राखेको छ । युनाइटेड ५२ अंक पाँचौ स्थानमा उक्लेको छ । चौथो स्थानको चेल्सी भन्दा युनाईटेड मात्र २ अंकले पछि छ ।


। ब्राईटोन ३३ अंक सहित १५ औं स्थानमा यथावत छ ।


प्रकाशित मितिः बुधबार, असार १७, २०७७, १०:४१