काठमाडौंः म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बिहिबार राति भएको खेलमा डर्बी काउन्टीलाई ३–० ले पराजित गर्दै युनाइटेडले क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

युनाइटेडका लागि ओडिओन इघालोले दुई तथा लुक शले एक गोल गरे ।

खेलको ३३ औं मिनेटमा शले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । ४२ औं मिनेटमा इघालोले गोल गर्दै युनाइटेडलाई २–० को अग्रता दिलाए । ७० औं मिनेटमा इघालोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै युनाइटेडलाई ३–० को सहज जित दिलाए ।

अब युनाइटेडले क्वाटरफाइनलमा नर्विच सिटीसँग २१ मार्चमा खेल्नेछ ।


प्रकाशित मितिः शुक्रबार, फागुन २३, ०८:४९