काठमाडौंः लिभरपुललाई पराजित गर्दै म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।
आइतबार राति भएको चौथों चरणमा लिभरपुललाई ३–२ ले पराजित गर्दै युनाईटेड पाँचौं चरणमा पुगेको हो ।
खेलको १८ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, २६ औं मिनेटमा मासन ग्रीनउडले गोल गर्दै युनाईटेडलाई १–१ को बराबरीमा ल्याए । ४८ औं मिनेटमा मार्कुस राषफोर्डले गोल गर्दै युनाईटेडलाई २–१ को अग्रता दिलाए । तर, सलाहले खेलको ५८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । त्यसपछि ७८ औं मिनेटमा ब्रुनो फर्नान्डेसले गोल गर्दै युनाईटेडलाई ३–२ को जित दिलाए ।
।
अब युनाईटेडले पाँचौं चरणमा वेस्ट ह्यामको सामना गर्नेछ ।
प्रकाशित मितिः २०७७ साल माघ १२ गते सोमबार, ०८:१७
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook