काठमाडौंः म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार राति भएको खेलमा युनाइटेडले कोपनहेगनलाई १–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

युनाईटेडका लागि ब्रुनो फर्नान्डेसले निर्णायक गोल गरे ।

खेलको अन्तिम समयमा फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई जित दिलाएका हुन् ।

अब युनाइटेडले सेमिफाइनलमा वुल्भ्स र सेभिल्लाबीचको विजेतासँग खेल्ने छ ।


प्रकाशित मितिः मंगलबार, साउन २७, २०७७, ११:४०