काठमाडौँ: म्यानचेस्टर सिटीका पूर्व प्रशिक्षक मेन्वेल पेलिग्रिनी इंग्लिश क्लब वेस्ट ह्याममा आबद्ध भएका छन्। पेलग्रिनी वेस्ट ह्यामसँग ३ बर्षका लागि आबद्ध भएका हुन्। डेभिड मोइसले गत हप्ता क्लब छाडे पछि पेलग्रिनीलाई वेस्ट ह्यामले बार्षिक १० मिलियन डलरमा आबद्ध गरेको हो ।

पेलग्रिनीले म्यानचेस्टर सिटीलाई २०१४ मा इंग्लिश प्रिमियर लिगको उपाधि जिताएका थिए । ६४ बर्षीय पेलग्रिनी बिगत २ बर्ष चीनको चाइना फर्टून क्लबमा आबद्ध भएका थिए । क्लबका सह-संस्थापक  सुलिभनले पेलग्रिनीलाई वेस्ट ह्याम क्लबमा स्वागत गर्न पाउँदा निकै नै खुसि भएको व्यक्त गरेका छन् । साथै उनले पेलग्रिनी फुटबलका एक सम्मानित प्रशिक्षक भएको र उनी सँग काम गर्न आफु निकै नै तत्पर रहेको जानकारी दिए ।


यसै गरि अर्को इंग्लिश क्लब आर्सनलले २२ बर्ष क्लबमा आबद्ध भएका आर्सेन वेन्गेर क्लबबाट बाहिरिए पछि पि . एस. जी.का पूर्व प्रशिक्षक उनै एमेरीलाई क्लबमा नियुक्त गर्न कदम अघि बढाएको छ । एमेरीले पछिल्लो महिना पि. एस . जी छाडेका थिए र गत सोमबार लन्डनमा आर्सनल सँग बैठक बसेका थिए । यस अघि आर्सनलका पूर्व खेलाडी तथा म्यानचेस्टर सिटीका सह प्रशिक्षक मिकेल अर्टेतालाई नियुक्ति गर्ने बारे छलफल भएता पनि अहिले अचानक एनेरी नियुक्ति हुने सम्भावना बढेको हो ।