काठमाडौंः म्यान्चेष्टर युनाईटेड युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।

बिहिबार समूह एल को खेलमा सर्वियन क्लब पार्टिजन बेलग्रेडलाई ३–० ले पराजित गर्दै युनाईटेड नकआउट प्रवेशगरेको हो ।

युनाईटेडका लागि मेसन ग्रिनउड, एन्थोनी मार्टियल र मार्कुस रासफोर्डले गोल गरे ।

खेलको २१ औं मिनेटमा ग्रिनउडले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा मार्टियलले गोल गर्दै युनाईटेडलाई दोब्बर अग्रता दिलाए । ४९ औं मिनेटमा रासफोर्डले गोल गर्दै युनाईटेडलाई ३–० को शानदार जित दिलाएका थिए ।

जितसँगै युनाइटेडले समूह ‘एल’ मा ४ खेलबाट १० अंक जोड्दै शीर्षस्थानमा छ ।


। परााजित बेलग्रेड ४ अंक जोडेर तेस्रो स्थानमा छ ।

यही समूहको अर्को खेलमा एजे अल्कामारले एफसी एस्तानालाई उसकै मैदानमा ५–० ले पराजित गर्दै लिगको नकआउट चरणमा पुग्ने सम्भावना बलियो बनाएको छ ।


प्रकाशित मितिः शुक्रबार, कार्तिक २२, ०९:४०