काठमाडौंः प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले फराकिलो जित निकालेको छ ।

सोमबार राति घरेलु मैदानमा भएको खेलमा सिटीले वर्नलीमाथि ५–० को फराकिलो जित निकालेको हो ।

सिटीका लागि डिएगो फोडिन र रियाद महरेजले समान दुई दुई गोल गरे । यस्तै, डेभिड सिल्भाले एक गोल गरे ।

खेलको २२ औं मिनेटमा फोडिनले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । ४३ औं मिनेटमामहरेजले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । पहिलो हाफको इन्जुरी समयमा पेनाल्टीमा गोल गर्दै महरेजले सिटीलाई ३–० ले अघि बढाएका थिए । ५१ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई ४–० ले अगाडी बढाए । ६३ औं मिनेटमा फोडिनले ब्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ५–० को फराकिलो जित दिलाए ।


जितसँगै सिटीले ३० खेलमा ६३ अंक जोड्दै लिभरपुलसँगको दुरी २० अंकमा झारेको छ । लिभरपुलको ३० खेलमा ८३ अंक रहेको छ । बर्नली भने ३० खेलमा ३९ अंकसहित ११ औं स्थानमा छ ।


प्रकाशित मितिः मंगलबार, असार ९, २०७७, ०७:१३