काठमाडौंः उत्तरी म्यान्मारको एउटा रत्न खानीमा पहिरो जाँदा कम्तीमा ११३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

कचिन प्रान्तमा आज बिहान भएको उक्त पहिरोमा अझै धेरै मानिसहरु पुरिएको समाचारहरुमा उल्लेख छ ।

ठूलो वर्षापछि माटो बग्दा उक्त खानीमा बहुमूल्य रत्न ‘जेड’ खोज्न गएका मानिसहरुलाई पुरेको आपत्कालीन उद्धार गर्ने निकायले बताएको छ ।

पहिरो आइएको समयमा सो खानीमा ठूलो संख्याका कामदारहरुले काम गरिरहेका थिए । कैयौं व्यक्ति काममा व्यस्त रहेको अवस्थामा पहिरो आएकोले उनीहरुलाई पुरेको आशंका गरिएको छ ।

बिबिसीका अनुसार म्यानमार जेडको प्रमुख स्रोत हो ।


। तर त्यहाँका खानीहरुमा बारम्बार दुर्घटनाहरु हुने गरेका छन् । म्यानमारले प्रत्येक वर्ष ३० अर्ब डलरभन्दा बढी रकमको जेड कारोबार गर्छ ।


प्रकाशित मितिः बिहीबार, असार १८, २०७७, २०:४७