काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पदबाट राजीनामा नदिने बताएका छन् ।

आज बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि परिस्थितिमा आफूले राजीनामा नदिने बताएका हुन् ।

उनले राजीनामा दिन लागेको भन्ने हल्ला फैलाइएको उल्लेख गर्दै उनले आफूले अहिले राजीनामा दिनु देश बर्बादीतिर जान दिनु भएको बताए ।

पछिल्लो समय पार्टी भित्रैबाट राजीनामा दिन दवाव सिर्जना भएको अवस्थामा प्रधानमन्त्री ओलीले देशका लागि भएपनि राजीनामा नदिने बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरु विचार गर्नुस् के अहिले मैले राजीनामा दिन हुन्छ रु राजीनामा दिन मिल्छ रु मेरो लागि होइन देशको लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादितिर जान दिनु हो ।


। त्यसकारण म राजीनामा दिनेवाला छैन । त्यो मैले दोहोर्‍याएर भनेको छु फेरि केहीले खोइत राजीनामा भनेर मागिराखेका छन् । बेकारको कुरा हो भन्ने सोच्छु ।’

उनले स्थिरताका लागि आफूले काम गरिरहेको र स्थिरताले विकास तथा परिवर्तन ल्याउने प्रधानमन्त्रीको भनाइ छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १९ बुधबार, १८:५९