काठमाडौं : राजेशलाई बिहे गर्नुअघिसम्म सधैँ एउटा प्रश्नले लखेट्थ्यो, ‘बिहे कहिले गर्नेरु’ मधु भट्टराईसँग लगनगाँठो कसेपछि यो प्रश्नबाट त उनले छुटकारा पाइसके। तर अर्को प्रश्नले लखेट्न थालिसकेको छ,‘बाबु कहिले बन्ने ?’ उनले हाँस्दै जवाफ दिए, ‘म जवान छु, मधु जवान छिन्, खेती आफ्नै हो। बिस्तारै भइहाल्छ।’

नेपाली फिल्म क्षेत्रमा तीन दशक बिताउँदा अभिनेता राजेश हमालले दर्शकको माया मात्रै कमाएनन्, विभिन्न उपनाम पनि कमाए। कसैका लागि राजेश दाइ, कसैका लागि शंकर त कसैका लागि महानायक।

तर हमालले आफ्नो अभिनय करिअरमा प्रशंसामात्रै कमाएका छैनन्, सँगसँगै गम्भीर आरोप पनि खेपिरहेका छन्, ‘फिल्मको संख्या धेरै, स्तर कम।


।’ उनको नाम यतिबेला नेपाली फिल्मका लागि एउटा बिम्ब नै बनेको छ। यहाँ जसले फिल्म धेरै गर्छ, उ ‘राजेश हमाल’ हुन्छ।

दयाहाङ राई यसका बलिया उदाहरण हुन्। फिल्म क्षेत्रमा सम्भावना देखाएका दयाहाङले बग्रेल्ती फिल्म खेल्न थालेपछि उनीमाथि ‘दोस्रो राजेश हमाल’ भएको आरोप लाग्यो। उनले यसलाई नकारेनन्।

यही वर्ष अनमोल केसीले तीनटा फिल्म लगातार साइन गरेपछि उनीमाथि पनि हमाल पथमा हिडेको आरोप सुरु भइसकेको छ।
पुरुष कलाकारलाई मात्रै होइन, महिला कलाकार पनि राजेश हमालको बिम्बबाट मुक्त छैनन्।

अभिनेत्री प्रियंका कार्कीका फिल्म लगातार रिलिज हुन थालेपछि उनलाई पनि यही आरोप लाग्यो । उनले एक अनलाइन मिडियालाई स्पष्टिकरण नै दिइन्, ‘म लेडी राजेश हमाल होइन।’

हमाललाई नै लिएर जोक्स र ट्रोल पनि धेरै बने, बनिरहेकै छन्। यो विषयमा हमाल जानकार नै छन्। तर अहिले उनको नाम नेपाली फिल्ममा बिम्बका रुपमा प्रयोग भइरहेकोबारे उनी अनभिज्ञ छन्।

‘मलाई जानकारी थिएन,’ नागरिकसँगको एक भेटमा उनले भने, ‘तर मलाई लाग्दैन अहिलेको माहोल मेरोजस्तो छ। मैले त २० वर्षसम्म कम्तीमा वर्षमा ७–८ वटा फिल्म लगातार खेलेँ तर अहिले त्यसरी काम गर्दा कोही कलाकार टिक्ने अवस्था छ र रु एक वर्षमा २२ वटासम्म फिल्म खेलेको छु। मलाई लाग्छ त्यसरी गयो भने अहिले टिक्न गाह्रो होलां नागरिक दैनिकमा समाचार छ ।