काठमाडौंः प्रतिनिधि सभाको आइतबारको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणलाई लिएर सांसदहरु उठाएका बिभिन्न प्रश्न र जिज्ञाशाको उत्तर दिएका छन् ।

उनले अभिनन्दनमा प्रयोग भएको भाषा र तौरतरिकामा ध्यानाकर्षण गराएकोमा सांसदहरुलाई धन्यवाद दिएका छन् । सांसदहरुले भारतीय सांसद किर्ती आजादको ट्वीटको प्रसङ्गलाई लिएर उठेका प्रश्नमा ज्ञवालीले भने, ‘नेपालको सन्दर्भमा आएको धारणा सम्बन्ध बिगार्ने कुत्सित मनसायबाट लक्षित छ। भारत सरकारको ध्यानाकर्षण गराउन चाहान्छु’ ।

कुनै कुटनीतिक सम्झौता गर्दा संघीय सरकारको सहमति लिनु अपरिहार्य छ’।


। ‘नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको अधिकार भित्र पर्छ। ज्ञवालीले भने, ‘अभिनन्दनका क्रममा संविधानको विषयमा व्यक्त विचार कुटनैतिक मर्यादाअनुसार राजनीतिक संस्कारसम्मत भएन। अभ्यासको कमीले होला। भोलिका दिन यसलाई प्रभावकारी ढंगले लैजानेछौं।’

कांग्रेस सांसद गगन थापाले प्रदेशका मुख्यमन्त्रीलाई नभई परराष्ट्र मन्त्रीलाई पाठ पढाउनु पर्ने भनाइप्रत्ति ज्ञवालीले जवाफमा भने, ‘म विद्यार्थी हो। सधैँ सिक्न तयार छु।’

ज्ञवालीले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणको सुरक्षा नेपाली सुरक्षाकर्मीले नै प्रबन्ध गरेको जिकिर गर्दै पत्रकारहरूलाई मोदीको भ्रमणको समाचार संकलनमा पास वितरणमा समस्या भएर सूचनासम्म पहुँच नपाएकोमा विषयमा समीक्षा गर्ने र प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीको एक्लाएक्लै वार्ता कूटनीतिक प्रचलन भएको बताए।

भारतीय प्रधानमन्त्रीको भ्रमणको मिति द्विपक्षीय सहमतिमा तय भएको बताए। ‘भ्रमणको मिति दुबै पक्षको सहमतिमा तय भएको हो। कुनै पक्षले मिति प्रस्ताव गर्दा त्यही सदर गर्नुपर्छ भन्ने होइन’, ज्ञवालीले भने।