एजेन्सीः यमनको एडन विमानस्थलमा प्रधानमन्त्री र मन्त्रिपरिषद सदस्यहरूलाई लक्षित गरी भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।
आक्रमणमा ५० भन्दा बढी घाइते भएका छन् । द्वन्द्वग्रस्त यमनका नवनियुक्त मन्त्रीहरू सवार विमान अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै विस्फोट भएको बीबीसीले जनाएको छ ।
सहायतामा जुटेकाहरू पनि घटनामा हताहत भएको जनाइएको छ । त्यहाँका प्रधानमन्त्री मीन अब्दुल मलिकले आफू र मन्त्रिपरिषद् सदस्यहरू ‘सकुशल’ रहेको बताएका छन्।
यमनको एउटा समाचार वेबसाइट अल(मस्दरलाई उद्धृत गर्दै बीबसीले जनाएअनुसार श्रम मन्त्रालयका उपसचिव मारिएको र दुई जना उपमन्त्री घाइते भएको उल्लेख गरेको छ।
।
सूचना मन्त्रीले हुथी विद्रोहीहरूले ‘कायरतापूर्ण आतङ्कवादी कार्य’ गरेको आरोप लगाएका छन्।
बीबीसीको एउटा भिडिओ फुटेजमा यात्रीहरू उत्रिँदै गरेका बेला ठूलो विस्फोट भएको देख्न सकिन्छ । मन्त्रीहरूको स्वागतका लागि पुगेको भीड एयरपोर्ट टर्मिनलबाट बाक्लो धुवाँ निस्किएको देखे पछि भागेका थिए।
प्रकाशित मितिः १६ पुस २०७७, बिहीबार, ०८:००
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook