काठमाडौंः नेपाली भाषा, साहित्य र संस्कृतिको रक्षा प्रवासमा बसेर पनि गर्न सकिन्छ भन्दै यशु थापाले आफ्नो दोस्रो गीति एल्बम ‘बदनाम’ ल्याएकी छन् ।

बेनेलक्स र यूरोपियन यूनियनका लागि महामहिम राजदूत लोक बहादुर थापाको हातबाट ब्रसेल्सस्थित नेपाली राजदुतावासमा उक्त गीति एल्वमको बिमोचन गरिएको हो ।

यूरोपमा दुई दशक यता तिज विशेष गीतहरुमा पनि कलम चलाउने थापाका गीत, गजलहरु राजेश पायल राई, अन्जु पन्त, आनन्द कार्की, लगायत थुप्रै चर्चित गायक गायिकाहरुले गाइसकेका छन् ।

उनको पहिलो एल्बम “गीतान्जली” २०७३ सालमा सार्वजनिक भएको थियो ।

विमोचित गजलमा संगीत तथा स्वर राज सागरको छ भने अभिनयमा आयुश रिजाल तथा बर्षा खड्का छन् ।


भिडियो हेर्नुहोस्ः


प्रकाशित मितिः २०७७ साल कार्तिक २७ बिहीबार, १८:३७